शुक्रबार ०४ असोज, २०८१ | Friday, September 20, 2024

रास्वपाका सांसदहरूले गरे प्रतिनिधिसभा बैठक बहिष्कार

रास्वपाका सांसदहरूले गरे प्रतिनिधिसभा बैठक बहिष्कार

 

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले प्रतिनिधिसभा बैठक अघोषित रुपमा बहिष्कार गरेको छ । १ बजेबाट सुरु भएको बैठकमा पार्टीका कुनै पनि सांसद उपस्थित छैनन् ।

हिजो राति अबेर बसेको रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकमा आज प्रतिनिधिसभा बैठक सामूहिक बहिष्कार गर्ने अनौपचारिक सहमति भएको थियो ।

त्यसैबमोजिम समय जुध्ने गरी पार्टीको बैठक डाकिएको छ । अहिले रास्वपाका सबै १९ जना सांसद पार्टी बैठकमा सहभागी छन् ।

प्रतिनिधिसभा बैठक अहिले जारी रहेको छ । रास्वपा सभापति लामिछानेले साढे १ बजे पत्रकार सम्मेलन गर्ने भनेकोमा पार्टीको बैठक सकिएको छैन ।