शुक्रबार ०४ असोज, २०८१ | Friday, September 20, 2024

राष्ट्रियसभाको उपाध्यक्षमा माओवादी केन्द्रकी उर्मिला अर्याल निर्विरोध निर्वाचित

राष्ट्रियसभाको उपाध्यक्षमा माओवादी केन्द्रकी उर्मिला अर्याल निर्विरोध निर्वाचित

काठमाडौं। राष्ट्रिय सभाको उपाध्यक्ष पदमा माओवादी केन्द्रकी सांसद उर्मिला अर्याल निर्विरोध निर्वाचित भएकी छन्।

सोमबार राष्ट्रियसभा बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अर्याललाई राष्ट्रिय सभाको उपाध्यक्ष पदमा निर्वाचित गरियोस भन्ने एउटा मात्रै प्रस्तावको सूचना प्राप्त भएकाले अर्याल निर्विरोध निर्वाचित भएको घोषणा गरे।

अर्यालले सत्ता गठबन्धनका तर्फबाट राष्ट्रिय सभाको उपाध्यक्ष पदमा मनोनयन दर्ता गराएकी थिइन् भने बिपक्षी दलहरुले कुनै मनोनयन दर्ता गराएका थिएनन्।

अर्याल निर्विरोध निर्वाचित भएको घोषणा गर्दै अध्यक्ष तिमिल्सिनाले निर्विरोध निर्वाचित भएकोमा बधाइ तथा सफल कार्यकालको शुभकामना व्यक्त गरे।

त्यसअघि बैठकमा अर्यालका प्रस्तावक राष्ट्रियसभा सांसद नारायणकाजी श्रेष्ठले राष्ट्रिय स्वाधिनताको रक्षा गर्दै मुलुकलाई अघि बढाउन सरकार प्रतिपक्षी सवै मिलेर राष्ट्रिय सहमति निर्माण गर्दै अघि बढ्नुपर्ने बताए।

राष्ट्रिय सभाको उपाध्यक्षमा सहमति कायम हुनु सकारात्मक भएको उनको भनाइ छ। प्रधानमन्त्रीले विश्वासको मत लिदा देखिएको राष्ट्रिय सहमति राष्ट्रियसभा पनि देखिएको उनले बताए।

त्यस्तै अर्यालका समर्थक नेकपा ९एमाले०का सांसद देवेन्द्र दाहाल र सांसद खिमलाल देवकोटाले पनि मुलुकलाई आर्थिक समृद्धिको दिशातर्फ अघि बढाउनका लागि राष्ट्रिय सहमति कायम गर्नुको बिकल्प नभएको बताएका थिए।