आइतबार २३ भदौ, २०८१ | Sunday, September 08, 2024

नेपाल कमर्स क्यापसमा नेविसंघका दुई पक्षबीच ढुंगा हानाहान

नेपाल कमर्स क्यापसमा नेविसंघका दुई पक्षबीच ढुंगा हानाहान

काठमाडौं । 
काठमाडौंको मिनभवनस्थित नेपाल कमर्स क्याम्पसमा दुई पक्षबीच ढुंगा हानाहान भएको छ। सोमबार दिउँसो नेपाल विद्यार्थी संघका दुई समूहबीच ढुंगा हानाहान भएको हो। 

नेविसंघ इकाइ समितिले स्ववियू निर्वाचनबारे छलफल गर्न औपचारिक बैठक बोलाएको थियो। अध्यक्ष सरोज तिमल्सिना र समितिका संयोजक भुवन भट्टबीच विवाद उत्पन्न हुँदा ढुंगा हानाहान भएको प्रहरीले जनाएको छ। 

सोमबार दिउँसो ११ बजेका लागि स्ववियू निर्वाचन विशेष सुझाव संकलन तथा भेटघाट कार्यक्रममा आयोजना गरिएको थियो।