शुक्रबार ०४ असोज, २०८१ | Friday, September 20, 2024

विचार मिल्नेसँग पार्टी एकता हुन्छः विप्लव

विचार मिल्नेसँग पार्टी एकता हुन्छः विप्लव

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले वैज्ञानिक समाजवादी सत्ताका लागि विचार मिल्नेहरुसँग पार्टी एकता गर्ने निर्णय गरेको छ।

पार्टीको केन्द्रीय कार्यालय कपिलवस्तुमा बसेको नवौं केन्द्रीय कमिटी बैठकका निर्णय बुधबार काठमाडौंमा सार्वजनिक गर्दै क्रान्तिकारी कम्युनिष्ट आन्दोलन, वैज्ञानिक समाजवादी सत्ताका लागि विचार मिल्नेसँग एकता गर्ने, मुद्दा मिल्नेसँग संयुक्त मोर्चा र कार्यगत एकता गर्ने नीतिलाई कार्यान्वयन गर्ने निर्णय गरेको हो ।

बैठकले विश्वका मालेमावादी पार्टीहरुसँग भाइचारा सम्बन्ध कायम राख्दै कम्युनिष्ट पार्टीहरुसँग सहकार्य गर्ने निर्णय गरेको छ।