बिहीबार ०३ असोज, २०८१ | Thursday, September 19, 2024

सीआईबीको अप्रेसनः गैँडा मार्नेदेखि खागको कारोबारीसम्म समातिए

सीआईबीको अप्रेसनः गैँडा मार्नेदेखि खागको कारोबारीसम्म समातिए

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गैँडा मार्नेदेखि खागको कारोबारसम्म संलग्न १५ जनालाई पक्राउ गरेको छ । सीआईबीले गत महिना चाबहिलको सरस्वतीनगरबाट खागसहित दुईजनालाई पक्राउ गरेको थियो ।

अनुसन्धानका क्रममा चितवन राष्ट्रिय निकुञ्जमा गैँडा मार्नेसम्मको पहिचान खुलेपछि सीआईबीले पूरै गिरोहलाई नियन्त्रणमा लिएको छ । पक्राउ परेका व्यक्तिहरूलाई बिहीबार सार्वजनिक गर्ने सीआईबीको तयारी छ । पक्राउ पर्नेमा धेरै चितवनका रहेका छन् ।’

खाग बरामद भएको घटनामा गैँडा मार्ने व्यक्ति नै पक्राउ परेको यो सम्भवत पहिलो घटना हो’, सीआईबीका उच्च अधिकारीले भने ।