शुक्रबार ०४ असोज, २०८१ | Friday, September 20, 2024

यो देश बर्बाद पार्न धेरै शक्ति क्रियाशील छन्– केपी ओली

यो देश बर्बाद पार्न धेरै शक्ति क्रियाशील छन्– केपी ओली

काठमाडौं ।
एमाले अध्यक्ष केपी ओलीले संसदको बनावट नै देशलाई अस्थिरतातर्फ धकेल्ने खालको रहेको भन्दै सचेत हुनुपर्ने बताएका छन् । अनेरास्ववियुको २३ औं महाधिवेशनलाई सम्बोधन गर्दै ओलीले आफूहरूले गठबन्धन तोडेर अर्को बनाए पनि ढुक्क नहुने अवस्था रहेको बताएका हुन् । 

‘गठबन्धन तोडेर अर्को गठबन्धन बनायौं । प्रसन्न हुनुपर्छ । कथंकदाचित यो परिस्थिति फेरियो भने । तर संसदको बनावट नै अस्थिरतातिर जाने जस्तो पनि हुन सक्छ’, ओलीले भने, ‘भित्रका र बाहिरका धेरै शक्ति यो देश बर्बाद पार्न क्रियाशील छन् । कुनै डाँकाले डकैती गर्न सबैभन्दा पहिले पालेलाई प्रहार गर्छ । एमाले गेटको पाले हो । पहिले एमालेमाथि प्रहार हुन सक्छ । फेरि पनि प्रहार हुन सक्छ ।’ अहिले अनेक षडयतन्त्र प्रहार भइरहको अध्यक्ष ओलीले बताए।