शुक्रबार ०४ असोज, २०८१ | Friday, September 20, 2024

बागमतीको मन्त्रिपरिषदबाट प्रदेश निजामती सेवा विधेयक पारित

बागमतीको मन्त्रिपरिषदबाट प्रदेश निजामती सेवा विधेयक पारित

 

हेटौंडा । बागमती प्रदेशको मन्त्रिपरिषदले प्रदेश निजामती सेवा विधेयक र स्थानीय तहको सेवा सुविधासम्बन्धी विधेयक पारित गरेको छ ।

मन्त्रिपरिषदको शुक्रबार बसेको बैठकले ती दुई विधेयक पारित गरेको भौतिक पूर्वाधार तथा विकासमन्त्री युवराज दुलालले नेपालप्रेसलाई बताए ।

बैठकले बागमती प्रदेशको नीति तथा योजना आयोगमा डाक्टर दीपेन्द्र श्रेष्ठ, डाक्टर जयन्तनाथ खनाललाई नियुक्त गरेको मन्त्री दुलालले जानकारी दिए ।

त्यस्तै चालू खर्चको २० प्रतिशत खर्च कटौती गर्ने निर्णय पनि गरिएको छ । मर्ज भएका मन्त्रालयका कर्मचारीहरु कटौती गर्ने निर्णय गरिएको मन्त्री दुलालले बताए ।