शुक्रबार ०२ कात्तिक, २०८१ | Friday, October 18, 2024

नक्सा पास बिनै सम्पन्न भएको पाईयो गोदावरी नगरपालिकाको भव्य भवन

नक्सा पास बिनै सम्पन्न भएको पाईयो गोदावरी नगरपालिकाको भव्य भवन

ललितपुर । ललितपुरको गोदावरी नगरपालिकाको भव्य भवन नक्सा पास विनै निर्माण सम्पन्न भएको पाईएको छ । कुल २१ करोड ४५ लाख ५६ हजार ६१ रुपैयाँ ५२ लागतमा बनेको उक्त भवन नक्सा पास विनै सम्पन्न भएको पाईएको हो । हाल नगरपालिकाको सम्पूर्ण कामकाज सोही भव्य भवनबाट सञ्चालन गरेको छ ।

महालेखा परीक्षकको कार्यालयको वार्षिक प्रतिवेदन २०७९ मा सो व्यहोराको उल्लेख गरिएको छ । महालेखाको प्रतिवेदनमा उल्लेख गरिएको छ,‘पालिकाले आफ्नै भवन विद्यालयको हातामा निर्माण गरीरहेकोमा उक्त भवन र जग्गाको स्वामित्व नगरपालिकाको नाउँमा नरहेकोमा तथा उक्त भवन समेत कानुनत नक्सा पास समेत नगरी निर्माण गरीरहेको अवस्था छ ।’

त्यस्तै भवन निर्माणमा महालेखाले नगर नेतृत्वको नियतमाथि नै खोट देखाएको छ । यस विषयमा नगरका प्राविधिक शाखाका अधिकृतहरु  ले प्रतिकृया दिन मानेनन् ।