शुक्रबार ०४ असोज, २०८१ | Friday, September 20, 2024

राष्ट्रपतिमा प्रचण्डले कांग्रेसलाई समर्थन गर्नै मिल्दैनः ओली

राष्ट्रपतिमा प्रचण्डले कांग्रेसलाई समर्थन गर्नै मिल्दैनः ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिमा कांग्रेस उम्मेदवारलाई समर्थन गर्नै नमिल्ने बताएका छन् ।

माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले कांग्रेससँग संवाद अघि बढाएपछि एमाले अध्यक्ष ओलीले उक्त प्रतिक्रया दिएका हुन् । १० पुसमा नै प्रचण्डले एमाले उम्मेदवारलाई राष्ट्रपतिमा समर्थन गर्ने सम्झौता गरिसकेको भन्दै ओलीले कांग्रेसलाई समर्थन गर्न नमिल्ने ओलीले बताए ।

काठमाडौंमा आयोजित एक कार्यक्रम पछि एमाले अध्यक्ष ओलीले भने, ‘उहाँले प्रचण्डले सपोर्ट गर्दै गर्नुहुन्न । गर्नै मिल्दैन किनभने हामीसँग सम्झौता पुस १० गते नै गर्नुभएको छ ।’

पुरानो गठबन्धन ब्यूँताउनका लागि कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपाको बैठक विहीबार साँझ बस्दैछ ।