शुक्रबार ०४ असोज, २०८१ | Friday, September 20, 2024

अबको राष्ट्रपति रामचन्द्र पौडेल–जनार्दन शर्मा

अबको राष्ट्रपति रामचन्द्र पौडेल–जनार्दन शर्मा

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले चार दलबाट राष्ट्रपतिमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको नाममा सहमति बन्न सक्ने संकेत गरेका छन् ।

प्रतिनिधि सभाको बैठकपछि बाहिरिने क्रममा राष्ट्रपतिमा कांग्रेसका नेता रामचन्द्र पौडेलेको नाममा सहमति बन्न लागेको हो ? भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले भने, ‘पक्कै पनि त्यही हो ।’ उनले राष्ट्रपतिको विषयमा ठोस निर्णय पाँच बजे बस्ने बैठकले गर्ने बताए ।

उनले भने, ‘हामीले एजेण्डासहित राष्ट्रिय सहमति भनेर प्रस्ताव पार्टीबाट अघि सारेका छौं । एमालेसहित सबै दलहरुसँग छलफल हुन्छ। तानातानको अवस्था होइन । सहकार्यको अवस्था छ । राष्ट्रिय सहमति गर्नुपर्छ । राजनीतिक खिचातानी छाडेर सबै पार्टीहरु जिम्मेवार भएर लाग्नुपर्छ ।’