शुक्रबार ०४ असोज, २०८१ | Friday, September 20, 2024

चुनावमा अन्तर्घात गर्ने जसपाका ८० जनालाई कारबाही सिफारिस

चुनावमा अन्तर्घात गर्ने जसपाका ८० जनालाई कारबाही सिफारिस

काठमाडौं । 
जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले निर्वाचनमा अन्तर्घात गर्ने ८० जनालाई कारवाहीको सिफारिस गरिएको छ । सो सम्बन्धमा पार्टीले गठन गरेको छानबिन समितिले शनिबार पार्टी नेतृत्वलाई प्रतिवेदन बुझाएको छ । 

समितिले प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा अन्तर्घातको आरोप लागेका १५२ जनासँग बयान लिएको जनाएको छ । कारवाहीको सिफारिस गरिएकामध्ये केन्द्रीय तहका ४८ जना, प्रदेश समितिका २२ जना र स्थानीय तहका ८२ छन् । 

छानवीन समितिले पाँचथर, सुनसरी, मोरङ, सप्तरी, सिराहा, महोत्तरी, धनुषा, सर्लाही, मकवानपुर, धादिङ, काभ्रे, बर्दिया, सुर्खेत, कैलाली जिल्लामा पुगी स्थलगत प्रतिवेदन तयार पारेको हो । गैरभौगोलिक विशेष प्रदेश समितिका सदस्यसँग पनि समितिले बयान लिएको थियो । 

शिवलाल थापा नेतृत्वको छानबिन समितिले जिम्मेवारी पाएको ४९ औँ दिनमा प्रतिवेदन हस्तान्तरण गरेको छ । अध्यक्ष यादवले समितिको सिफारिसअनुसार गल्ती गर्नेलाई आवश्यक कारवाही गर्ने बताएका छन् ।