शुक्रबार ०४ असोज, २०८१ | Friday, September 20, 2024

सत्य निरुपण सम्बन्धी ऐन संशोधन विधेयक आजै संसदमा दर्ता गर्ने

सत्य निरुपण सम्बन्धी ऐन संशोधन विधेयक आजै संसदमा दर्ता गर्ने

काठमाडौं । सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक आजै प्रतिनिधिसभामा दर्ता गर्ने निर्णय गरेको छ । आज बिहान बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको हो ।

यसैगरी खाद्य पदार्थमा जीव नाशक विषादीको अवशेषको अधिकतम सीमा निर्धारण गर्ने विषय थप छलफलका लागि सम्बन्धित समितिमा पठाउने निर्णय पनि मन्त्रिपरिषद बैठकले गरेको छ ।