शुक्रबार ०४ असोज, २०८१ | Friday, September 20, 2024

नयाँ राष्ट्रपति चुन्न मतदान सुरु

नयाँ राष्ट्रपति चुन्न मतदान सुरु

काठमाडौं । नयाँ राष्ट्रपति चुन्नका लागि मतदान सुरु भएको छ । संघीय संसद भवनको ल्होत्से हलमा विहान १० बजेबाट मतदान सुरु भएकोमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेलले पहिलो मत खसालेका छन् ।

उनी ९ दलीय गठबन्धनबाट साझा उम्मेदवार बनेका हुन् । नेकपा एमालेबाट सुवासचन्द्र नेम्वाङ उम्मेदवार छन् । मतदान समय दिउँसो ३ बजेसम्म रहेको छ ।