मंगलबार ०१ असोज, २०८१ | Tuesday, September 17, 2024

श्री एयरलाइन्सका सबै उडानमा रोक

श्री एयरलाइन्सका सबै उडानमा रोक

काठमाडौं । हवाई नियामक निकाय नेपाल नागरिक उड्यन प्राधिकरण (क्यान) ले श्री एयरलाइन्सका सबै विमानको उडानमा रोक लगाएको छ ।

बिहीबार काठमाडौंबाट भैरहवाका लागि उडेको श्री एयरको नाइन एन–एएनआर विमानको इन्जिनमा आगो लागेपछि काठमाडौं फर्काएर आकस्मिक अवतरण गराइएको थियो । उक्त घटनापछि क्यानले सबै जहाजको प्राविधिक परीक्षण गर्न उडानमा रोक लगाएको हो ।

सन्तोषजनक निरीक्षणपछि मात्र नियमित उडान हुनसक्ने प्राधिकरणले जनाएको छ ।