शुक्रबार ०४ असोज, २०८१ | Friday, September 20, 2024

माओवादी घटकका नेता बालुवाटारमा

माओवादी घटकका नेता बालुवाटारमा

काठमाडौं । माओवादी धारका नेताहरू आज फेरि बालुवाटारमा जुटेका छन् । यसअघि मंगलबार पनि नेताहरू बैठक बसेका थिए । जारी बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सीपी गजुरेल, नेत्रविक्रम चन् ‘विप्लव’, कृष्णबहादुर महरा, जनार्दन शर्मा, हिसिला यमी, खड्गबहादुर विक ‘प्रकाण्ड’, आहुति, कर्णजीत बुढाथोकी, हेमन्तप्रकाश वलीलगायत उपस्थित छन् ।

प्रचण्डविरुद्धको मुद्दाले सशंकित बनेका माओवादी घटकका नेताले संक्रमणकालीन न्यायसँग सम्बन्धित सबै विषय सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन आयोगमार्फत अगाडि बढाउनुपर्नेमा जोड दिएका छन् ।

मंगलबार उनीहरूले शान्ति सम्झौता र परिवर्तनका विरुद्ध हुने कुनै पनि गतिविधिहरूको प्रतिवाद गर्ने बताएका थिए । सरकारले हिजैमात्र टीआरी संशोधित विधेयक संसदमा दर्ता गराएको छ ।