शुक्रबार ०४ असोज, २०८१ | Friday, September 20, 2024

दोहोरिएर राष्ट्रपति नबन्ने व्यवस्था गरौंः विश्वप्रकाश शर्मा

दोहोरिएर राष्ट्रपति नबन्ने व्यवस्था गरौंः विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एउटै व्यक्ति दोहोरिएर राष्ट्रपति बन्न नपाउने व्यवस्था गर्नुपर्ने बताएका छन् । राजनीतिमा मान्छेहरुलाई आकर्षित गर्नका लागि पनि एक पटक राष्ट्रपति, २ पटकसम्म प्रधानमन्त्री, ३ पटकसम्म मन्त्री र ४ पटकसम्म सांसद हुने व्यवस्था गर्न उपयुक्त हुने उनको भनाइ थियो ।

उनले भने, ‘एक पटक एउटा मान्छे राष्ट्रपति बन्ने, पाउने, दोहोर्‍याएर सपथ ग्रहण गर्न नपाउने भनेको भए अहिले रामचन्द्र पौडेलले सपथग्रहण गर्दैगर्दा पाँचौं राष्ट्रपति नेपाल देशले पाईसकेको हुन्थ्यो । डा रामवरणले २ पटक, विद्या भण्डारीले २ पटक सपथ ग्रहण गर्नु भयो । र, अहिले आएर रामचन्द्र पौडेल हुनु भयो । राजनीतिमा रुपान्तरण भन्दा कतिखेर मान्छे आकर्षित हुन्छ भने एउटा मान्छे एकचोटी राष्ट्रपति बनोस् ।’

नेपाल ट्रेड युनियन कांग्रेसको मंगलबारबाट काठमाडौंमा सुरु भएको नीति सम्मेलनमा बोल्दै महामन्त्री शर्माले राष्ट्रपति पदमा एउटै व्यक्तिले दोहोर्‍याएर सपथग्रहण गर्न नपाउने व्यवस्था गरेको भए हालसम्म मुलुकले पाँचौ राष्ट्रपति पाईसकेको हुने स्मरण समेत गराए ।