मंगलबार ०१ असोज, २०८१ | Tuesday, September 17, 2024

दुईवर्षे श्रम स्वीकृतिको प्रावधान हट्यो

दुईवर्षे श्रम स्वीकृतिको प्रावधान हट्यो

काठमाडौं । सरकारले वैदेशिक रोजगारका लागि दिइने दुई वर्षे श्रम स्वीकृतिको प्रावधान हटाएको छ। श्रम मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री प्रचण्डले मन्त्रीस्तरीय निर्णय गर्दै खाडी, मलेसिया र युरोपमा तोकिएको दुई वर्षे श्रम स्वीकृतिको प्रावधान हटाएका हुन्। 

मन्त्रालयले बुधबार एक सूचना जारी गर्दै यसबारे जानकारी दिएको हो। अबदेखि गन्तव्य मुलुकबाट प्राप्त कार्य अनुमतिररोजगारदाता र श्रमिकबीच भएको कार्यसम्झौताको आधारमा सोही अवधि तोकी श्रम स्वीकृति दिने निर्णय गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ। 

मन्त्रालयले यसअघि वैदेशिक रोजगारीको लागि श्रम स्वीकृति दिँदा रोजगारदाता र श्रमिकबीच भएको श्रम सम्झौता र गन्तव्य मुलुकबाट प्राप्त कार्य अनुमतिरसम्झौताको अवधिलाई भन्दा सबैलाई दुई वर्षको श्रम स्वीकृति दिँदै आएको थियो। 

‘त्यसबाट श्रमिक कामदारको कार्यअवधि र भिषाअवधि छँदै श्रम स्वीकृतिका कारण बीचमा नै नेपाल फर्किनु परेको, विदेशमा बस्दा पनि आफ्नो मुलुकले दिएको श्रम स्वीकृतिको अवधि नघाई बस्नुपर्ने अवस्था देखिएको एवं धेरै झैझमेला मोल्नुपर्ने भएकोले प्रधानमन्त्रीस्तरबाट निर्णय भएअनुसार अबदेखि गन्तव्य मुलुकबाट प्राप्त कार्य अनुमतिररोजगारदाता र श्रमिकबीच भएको कार्य सम्झौताको आधारमा सोही अवधि तोकी श्रम स्वीकृति दिने व्यवस्था भएको व्यहोरा सरोकारवाला सबैमा जानकारी गराइएको छ,’ विज्ञप्तिमा उल्लेख छ।

अब यस्तो श्रम स्वीकृति गन्तव्य मुलुकमा रहेका कुटनीतिक नियोगहरुबाटै लिन सकिने पनि बताइएको छ।