शुक्रबार ०४ असोज, २०८१ | Friday, September 20, 2024

पहिला विश्वासको मत लिँदा ९९.२५ थियो भोलि शतप्रतिशत नै हुन्छ भन्ने आशा छः प्रधानमन्त्री

पहिला विश्वासको मत लिँदा ९९.२५ थियो भोलि शतप्रतिशत नै हुन्छ भन्ने आशा छः प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफुले सबै दलको समर्थनमा विश्वासको मत पाउने बताएका छन्।

आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग सक्षिप्त प्रतिक्रिया दिदै प्रधानमन्त्री प्रचण्डले आफुले सत प्रतिशत सांसदको विश्वासको मत पाउने बताएका हुन्।

यसअघि आफुले विश्वासको मतमा ९९ दशमवल २५ प्रतिशत आशा गरेपनि अहिले सत प्रतिशत सांसदको विश्वासको मत पाउने अवस्था बनेको उनले बताए।

प्रधानमन्त्री प्रचण्डले सोमबार प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिदै छन्।

प्रधानमन्त्री प्रचण्डले सोमबारको प्रतिनिधि सभा बैठकमा विश्वासको मत लिने कार्यसूची रहेको छ। उनलाई हालसम्म नेपाली कांग्रेस, नेकपा ९एकीकृत समाजवादी०, राष्ट्रिय स्वतन्त्र पार्टी, लोसपाले विश्वासको मत दिने औपचारिक निर्णय गरिसकेका छन्।