शुक्रबार ०४ असोज, २०८१ | Friday, September 20, 2024

वागमतीका मुख्यमन्त्रीले पाए विश्वासको मत

वागमतीका मुख्यमन्त्रीले पाए विश्वासको मत

काठमाडौं । वागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत प्राप्त गरेका छन् । शुक्रबार बसेको वागमती प्रदेशसभाको बैठकमा जम्कट्टेलले दोश्रो पटक विश्वासको मत प्राप्त गरेका हुन्।

विश्वासको मतका लागि भएको मतबिभाजनमा जम्कट्टेलको पक्षमा ६७ मत परेको थियो भने बिपक्षमा १७ मत परेको थियो । त्यस्तै ७ सांसद तटस्थ रहेको वागमती प्रदेशका सभामुख भुवन पाठकले जानकारी दिए।

जम्कट्टेललाई कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी र हाम्रो नेपाली दलले मत दिएको थियो भने विपक्षमा नेकपा एमाले, राप्रपा र नेपाल मजदुर किसान पार्टी रहेको थियो ।