आइतबार २३ भदौ, २०८१ | Sunday, September 08, 2024

पाटन क्याम्पसको निर्वाचन सम्बन्धी बाँकी काम सुरु गर्न अन्तरिम आदेश

पाटन क्याम्पसको निर्वाचन सम्बन्धी बाँकी काम सुरु गर्न अन्तरिम आदेश

ललितपुर ।
पाटन संयुक्त क्याम्पसमा स्थगन भएको स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनको बाँकी काम कारबाही सुरु गर्न उच्च अदालत पाटनले अन्तरिम आदेश दिएको छ । क्याम्पसमा अध्यनरत विद्यार्थी सुरेश जिसीले क्याम्पस समेतलाई विपक्षी बनाई दायर गरेको रिटमाथि सुनुवाई गर्दै न्यायाधीश जगदीश घिमिरेको एकल इजलासले आज मंगलबार अन्तरिम आदेश जारी गरेको हो । जिसी पाटन क्याम्पसमा अनेरास्ववियु (अखिल)बाट अध्यक्षका उम्मेदवार हुन् । बिद्यार्थीको अधिकार सुनिश्चित गर्न अनेरास्ववियु संघर्षको मैदानमा रहेको जिसीले बताए । 

क्याम्पसमा नेकपा एमालेको अनेरास्ववियु बाहेक नेविसंघ सहितका विभिन्न विद्यार्थी संगठनले निर्वाचन प्रकृया प्रभावित पार्दै आएको छ । अदालतले विद्यार्थीको हक हितको लागि स्थापित स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनलाई अनिश्चितकालसम्म स्थगन गर्न मनासिव नदेखिँदा विद्यार्थीको हक हितलाई दृष्टिगत गर्दा सुविधा सन्तुलनको दृष्टिले यथाशक्य चाँडो सम्बद्ध सबै पक्षलाई समावेश गराई समन्वय गरी निर्वाचन सम्बन्धी बाँकी काम कारबाही सुरु गर्न विपक्षीहरुको नाममा अन्तरिम आदेश जारी गरेको छ ।