मंगलबार ०१ असोज, २०८१ | Tuesday, September 17, 2024

नवनियुक्त अर्थमन्त्री महतले गरे पदभार ग्रहण

नवनियुक्त अर्थमन्त्री महतले गरे पदभार ग्रहण

काठमाडौं । नवनियुक्त अर्थमन्त्री प्रकाशशरण महतले आज अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै सरकारको नगद प्रवाहको विषयमा विश्लेषण गर्न नगद प्रवाह योजना तर्जुमा समिति बनाउने निर्णय गरेका छन् ।

यो समितिमा बजेट तथा कार्यक्रम महाशाखा प्रमुखको संयोजकत्वमा बन्ने तदर्थ समितिमा महालेखा नियन्त्रण कार्यालयका सहसचिव, नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक, सार्वजनिक ॠण व्यवस्थापन कार्यालयका प्रमुख, राजस्व व्यवस्थापन महाशाखा प्रमुख, अन्तर्राष्ट्रिय वैदेशिक सहयोग समन्वय महाशाखा प्रमुख र आर्थिक नीति विश्लेषण महाशाखा प्रमुख सदस्य रहनेछन् ।

सो समितिले सरकारको कोषको अवस्था र सरकारको नगद प्रवाह विश्लेषण गरेर सरकारलाई सुझाव दिनेछ । अर्थमन्त्रीले आजै पद तथा गोपनियताको सपथ लिएपछि सीधै पदभार ग्रहण गर्न सिंहदरबार आइपुगेका थिए ।