शुक्रबार ०४ असोज, २०८१ | Friday, September 20, 2024

कांग्रेस संसदीय दलको बैठक संसद भवनमा

कांग्रेस संसदीय दलको बैठक संसद भवनमा

काठमाडौं । सत्तारुढ घटक नेपाली कांग्रेसको संसदीय दलको बैठक बसिरहेको छ । बैठक नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बसिरहेको हो । आगामी वर्षको बजेट निर्माण प्रक्रियाबारे पूर्वछलफलका लागि बैठक राखिएको बताइएको छ । अर्थतन्त्र जटिल रहेको अवस्थामा कस्ता विषयलाई बजेटमा प्राथमिकता दिने भन्नेबारेमा पार्टीले विज्ञहरूलाई राखेर सुझाव र सल्लाह लिने योजनासहित बैठक बसेको एक नेताले बताए ।

बैठकमा पार्टी सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवा, अर्थमन्त्री डा। प्रकाशशरण महत, उपसभापतिहरू पूर्णबहादुर खड्का, धनराज गुरुङ, महामन्त्रीहरूलगायतका सांसदहरूको उपस्थिति छ ।