बिहीबार ०३ असोज, २०८१ | Thursday, September 19, 2024

सरस्वतीनगर हत्याकाण्डः पक्राउ परेका युवकलाई काठमाडौं ल्याइँदै

सरस्वतीनगर हत्याकाण्डः पक्राउ परेका युवकलाई काठमाडौं ल्याइँदै

काठमाडौं ।  सरस्वतीनगर हत्याकाण्डमा संलग्न रहेको आरोपमा झापामा पक्राउ परेका व्यक्तिलाई काठमाडौं ल्याइने भएको छ । निरा पाण्डको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका झापाका विनोद विश्वकर्मालाई आज काठमाडौं ल्याउने तयारी भएको प्रहरीले जनाएको छ ।

विक राजधानीको एक क्लबमा बाउन्सरका रुपमा काम गर्दै आएका थिए । लुटपाटको लागि पाण्डको हत्या गरिएका हुनसक्ने आशंका प्रहरीले जनाएको छ ।

हत्या भएकी महिलाको सिक्रि लगेको स्वीकार गरेको प्रहरी स्रोतले जनाएको छ ।