शुक्रबार ०४ असोज, २०८१ | Friday, September 20, 2024

राष्ट्रपति पौडेल आज डिस्चार्ज हुँदै

राष्ट्रपति पौडेल आज डिस्चार्ज हुँदै

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेल आज डिस्चार्ज हुँदैछन्। नयाँ दिल्लीस्थित नेपाली दूतावासका अनुसार अखिल भारतीय आर्युबिज्ञान अस्पतालमा ९एम्स अस्पताल०मा उपचाररत राष्ट्रपति पौडेल आज डिस्चार्ज हुन लागेका हुन्।

‘सम्मानीय राष्ट्रपतिज्यूको उपचारमा संलग्न सबन्धित चिकित्सकहरुले उहाँको स्वास्थ्यमा राम्रो सुधार भएकोले आइतबार सम्ममा अस्पतालवाट डिस्चार्ज हुन सक्ने सम्भावना रहेको बताएका छन्,’ नेपाली दूतावासले भनेको छ।

छातीमा जमेको पानीमा संक्रमण देखा परेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड तथा त्रिभुवन विश्वबिद्यालय, शिक्षण अस्पताल महाराजगञ्जका चिकित्सकको सुझावमा उनी उपचारका लागि नयाँ दिल्ली गएका थिए।

गत बैशाख ६ गते श्री एअरलाइन्सको एअर एम्बुलेन्समाफत नयाँ दिल्ली गएका पौडेल दश दिनपछि डिस्चार्ज हुन लागेका हुन्। छातीमा समस्या देखा परेपछि उनी ५ गते साँझ शिक्षण अस्पतालमा उपचारका लागि भर्ना भएका थिए।

सो अघि पनि पेटमा समस्या देखा परेको भन्दै राष्ट्रपति पौडेलको गत चैत १८ गते त्रिवि शिक्षण अस्पतालमा नै उपचार गरिएको थियो।