बिहीबार ०३ असोज, २०८१ | Thursday, September 19, 2024

नेपाली नागरिकता लिएका १० भारतीय बानेश्वरबाट पक्राउ

नेपाली नागरिकता लिएका १० भारतीय बानेश्वरबाट पक्राउ

काठमाडौं । नेपाली नागरिकता लिएको आरोपमा १० जना भारतीयलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई नयाँ बानेश्वरबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा एकैपरिवारका बाबु–आमा, छोरासमेत रहेको प्रहरीले बताएको छ । छोरा भने डाक्टर रहेको बताइएको छ ।

उनीहरूले ६२६३ को आन्दोलनपछि मधेशमा चलाइएको नागरिकता वितरण घुम्ती टोलीबाट सिरहामा नागरिकता लिएको प्रारम्भिक अनुसन्धानमा खुलेको एक प्रहरी अधिकारीले बताए । पक्राउ परेका र घटनाको विस्तृत विवरण प्रहरीले दिउँसो १ बजे पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्दैछ ।