मंगलबार ०१ असोज, २०८१ | Tuesday, September 17, 2024

श्री एयरलाइन्सको विमान उडानमा रोक

श्री एयरलाइन्सको विमान उडानमा रोक

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले श्री एअरलाइन्सको कलसाइन नाईन एन एएनई जहाजलाई उडानमा रोक लगाएको छ।

दुई दिनमा दोस्रोपटक एउटै समस्या देखिएपछि जहाजलाई उडानमा रोक लगाइएको प्राधिकरणले जनाएको छ। जहाजको विस्तृत परीक्षणपछि मात्रै उडानको अनुमति दिने प्राधिकरणको भनाइ छ।

यो जहाजको ल्यान्डिङ गियरमा शनिवार धनगढी विमानस्थलमा समस्या आएको थियो भने सोमबार भैरहवा विमानस्थलमा समस्या आएको हो। प्राधिकरणले जहाजको मर्मतमा संलग्न इन्जिनियरलाई पनि सोधपुछका लागि ड्युटीबाट हटाइएको छ।

सोमबार विहान भैरहवाबाट उडेको श्री एअरको जहाज बीचबाटै फर्किए भैरहवामै अवतरण भएको थियो। सो क्रममा विमान धावनमार्गमै रोकिँदा अन्य जहाजको उडान र अवतरण प्रभावित भएका थिए।