बिहीबार ०३ असोज, २०८१ | Thursday, September 19, 2024

हिरासतमा सानु भण्डारीलाई भेटेका पूर्वसभासद शेर्पाविरुद्ध पक्राउ पुर्जी

हिरासतमा सानु भण्डारीलाई भेटेका पूर्वसभासद शेर्पाविरुद्ध पक्राउ पुर्जी

काठमाडौं । नक्कली भुटानी शरणार्थी ठगी प्रकरणमा नेपाली कांग्रेसका पूर्वसभासद आङतावा शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।हिरासतमा सानु भण्डारीलाई भेटेका उनीमाथी पक्राउ पुर्जी जारी भएको काठमाडौं प्रहरी स्रोतले जानकारी दियो । 

यो प्रकरणमा मुछिएका कांग्रेस नेताले शेर्पालाई भण्डारीसँग भेट गर्न पठाएको र बयानमा प्रभावित गर्न खोजेको आरोप लागेको थियो । शेर्पा २०७० सालमा रामेछापबाट सांसदमा निर्वाचित भएका थिए ।