शुक्रबार ०४ असोज, २०८१ | Friday, September 20, 2024

आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुँदै

आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुँदै

काठमाडौं । आज सरकारको वार्षिक नीति तथा कार्यक्रम पेश हुँदैछ । संघीय संसदको दुवै सदन प्रतिनिधिसभा तथा राष्ट्रियसभाको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने संसद सचिवालयले जनाएको छ । संयुक्त बैठक अपरान्ह ४ बजे बोलाइएको छ ।

भारतमा उपचार गराएर फर्किएका पौडेलको अझै स्वास्थ्य अवस्था पूर्ण ठीक नभइसकेकाले नीति तथा कार्यक्रम वाचन गर्न सुरू पछि प्रधानमन्त्री प्रचण्डले पढ्ने तयारी थियो । तर, स्वास्थ्यमा सुधार आएकाले पौडेलले नै नीति तथा कार्यक्रम प्रस्तुत गर्ने राष्ट्रपतिको सचिवालयले बताइसकेको छ ।