शुक्रबार ०४ असोज, २०८१ | Friday, September 20, 2024

प्रधानमन्त्री प्रचण्ड भारत प्रस्थान

प्रधानमन्त्री प्रचण्ड भारत प्रस्थान

 

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चार दिने औपचारिक भ्रमणको क्रममा केहीबेरअघि भारततर्फ लागेका छन् । प्रधानमन्त्री दाहाल केही बेर अघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल एयरलाइन्सको उडान नम्बर आरए २१७ बाट भारत प्रस्थान गरेका हुन् ।

प्रधानमन्त्री दाहाललाई सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, मन्त्री, विशिष्ट कर्मचारी, संवैधानिक आयोगका प्रतिनिधिलगायतले बिदाई गरे ।

नेपाली सेनाले सम्मान गारत अर्पण गरेको थियो । भ्रमणमा ६ जना मन्त्री, मुख्यसचिव र ८ जना सचिवसहित झण्डै १२० जना छन् । भारतले प्रधानमन्त्रीको भ्रमण टोलीका लागि ४७ जनाको कोटा दिएको थियो ।

भारत भ्रमणमा जानेमध्ये २५ जना ‘उच्चस्तरीय’ को नाम मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ । उनीहरूमध्ये प्रधानमन्त्रीको सचिवालयका मात्रै १० जना रहेका छन् । स्रोतका अनुसार ५० जनाको आसपासमा व्यवसायी र १३ जना सञ्चारकर्मीहरू निजी खर्चमा गएका छन् ।