बिहीबार ०३ असोज, २०८१ | Thursday, September 19, 2024

सम्बन्ध बिग्रिएपछि प्रेमिका र काकामाथि चक्कु प्रहार गरी हत्या

सम्बन्ध बिग्रिएपछि प्रेमिका र काकामाथि चक्कु प्रहार गरी हत्या

बुटवल । प्रेम सम्बन्ध बिग्रिएपछि रुपन्देहीका एक युवाले प्रेमिका र उनका काकाको हत्या गरेका छन् ।

रुपन्देहीको कञ्चन गाउँपालिका–२ का २२ वर्षीय मोहन थारुले कपिलवस्तुको बाणगंगा नगरपालिका(६ मटेरिया घर भएकी प्रेमिका २२ वर्षीया अन्जनी थारु र उनका काका ७० वर्षीय बमबहादुर थारुको चक्कु प्रहार गरी हत्या गरेका हुन् ।

बिहीबार बिहान सवा नौ बजेतिर प्रेमिकाको घर पुगेर मोहनले अन्जनीमाथि चक्कु प्रहार गरेका थिए । मोहनलाई रोक्न पुगेका काकालाई समेत उनले चक्कु प्रहार गरेका थिए ।

चक्कु प्रहारपछि गम्भीर घाइते बमबहादुरको कपिलवस्तुकै चार नम्बरमा र अन्जनीको मेडिकल कजेल भैरहवामा मृत्यु भएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक मोहन बस्नेतले बताए ।


चक्कु प्रहार गर्ने मोहन थारुलाई नियन्त्रणमा लिइ अनुसन्धान सुरु गरिएको बस्नेतले बताए ।

मोहन र अन्जनीबीच प्रेम सम्बन्ध रहेपनि पछिल्लो समय सम्बन्ध बिग्रिएको थियो । अन्जनीले मोहनलाई बेवास्ता गर्दै आएकाले त्यसैलाई कारण बनाएर मोहनले हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ ।