शुक्रबार ०४ असोज, २०८१ | Friday, September 20, 2024

एमाले सचिवालय बैठक सुरु

एमाले सचिवालय बैठक सुरु

ललितपुर । 
नेकपा एमालेको सचिवालय बैठक केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीको पनि उपस्थितिमा सचिवालय बैठक मध्यान्ह पौने १२ बजेदेखि सुरु भएको हो। 

एमालेका उपमहासचिव विष्णु रिमालका अनुसार बैठकमा समसमायिक राजनीतिक अवस्था र पार्टीको आन्तरिक जीवनबारे छलफल हुने छ। यसअघि गत वैशाख २८ देखि ३० गतेसम्म एमालेको केन्द्रीय समितिको बैठक बसेको थियो। 

एमालेले यो बैठकमा प्रधानमन्त्रीको भारत भ्रमण, बजेटबारे समीक्षा, संसदीय समिति, पार्टी गतिविधि र संसद्‍मा भूमिकाबारेसहितमा चर्चा गर्ने बताइएको छ।