शुक्रबार ०४ असोज, २०८१ | Friday, September 20, 2024

नागरिकता विधेयक फेरि सदनमा ल्याउनु अघिल्लो सदनको अपमानः प्रधानमन्त्री

नागरिकता विधेयक फेरि सदनमा ल्याउनु अघिल्लो सदनको अपमानः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले सदनबाट दुई पटक पारित गरेर पठाएको नागरिकता विधेयक प्रमाणीकरण नगरेर संविधान मिचेको आरोप लगाएका छन् ।

प्रतिनिधि सभाको बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै मिचिएको संविधानलाई ट्रकमा ल्याएको बताए ।

उनले भने, ‘एउटा राष्ट्रपतिले संविधानको संरक्षक र पालकको हकमा आफ्नो दायित्व पूरा नगरेर विधेयकलाई होल्डमा राखेको स्थिती थियो । खारेज गर्ने स्थिती थिएन । फेरि फिर्ता पठाउन पनि सम्भव थिएन। सदनले दुई दुई पटक पारित गरिसकेको विधेयक राष्ट्रपति कार्यालयको दराजमा राखिएको छ ।’

फेरि सदनमा ल्याउने विकल्प भनेको अघिल्लो सदनले गरेको निर्णयको अपमान भएको बताए ।