शुक्रबार ०४ असोज, २०८१ | Friday, September 20, 2024

प्रधानमन्त्रीको दाबी– अदालतमा विचाराधीन नागरिकता विधेयक रोकिँदैन

प्रधानमन्त्रीको दाबी– अदालतमा विचाराधीन नागरिकता विधेयक रोकिँदैन

 

काठमाडौं । प्रधनमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वोच्च अदालतमा विचाराधीन रहेको नागरिकतासम्बन्धी विधेयक नरोकिने दाबी गरेका छन्। राष्ट्रिय सभाको बुधबारको बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले उक्त विश्वास प्रकट गरेका हुन्। 

‘अदालतले पनि संविधान र लोकतन्त्रको मर्म र भावनाभन्दा बाहिर गएर त पक्कै निर्णय गर्दैन। हिजो पनि पटकपटक सदन विघटन हुँदा अदालतले पुनर्स्थापना गरेको इतिहास त हामीसँग छँदैछ,’प्रधानमन्त्री प्रचण्डले भने, ‘म त्यो विश्वास गर्छु, तर अन्ततः अदालतको फैसला हामी सबैलाई मान्य हुन्छ नै।’