शुक्रबार ०४ असोज, २०८१ | Friday, September 20, 2024

वामदेवजीको सदस्यता एमालेमै छः ओली

वामदेवजीको सदस्यता एमालेमै छः ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वामदेव गौतमको पार्टी सदस्यता एमालेमै भएको बताएका छन् । वामदेव गौतमले ७० वर्षे उदेरहद निलम्बन मात्रै हो हट्नुपर्थ्यो यो हटेर अध्यक्षले भन्नुभयो भने एमालेमा जान्छु । मेरो सदस्यता त्यहीँको छ भन्नुभएको छ ? भन्ने प्रश्नमा उनले सञ्चारकर्मीको प्रश्नमा भने, ‘उहाँले सदस्यता त्यहीँ छ भन्नुभयो । अनि कुरा बाँकी छ केही । थप कुरा ।’

उनले नेता गौतमले पार्टी खोलेको नभएर एकता अभियान मात्रै चलाएको बताए । उहाँलाई पार्टीमा भित्र्याउनुहुन्छ ? भन्ने अर्को प्रश्नमा उनले भने, ‘ठीक छ उहाँको पार्टी सदस्य एमालेमै छ ।’

२०७८ भदौमा एमालेबाट अलग भएका गौतम पार्टीमा फर्किने ७० वर्षे उमेरहद हटाउनुपर्ने बताउँदै आएका थिए । शुक्रबार बसेको सचिवालय बैठकले ७० वर्षे उमेरहद हटाइसकेको छ। उनले ७० वर्षे उमेरहद हटाए आफ्नै घर भएकाले एमालेमै फर्किने बताइसकेका छन् ।