सोमबार २२ पुस, २०८१ | Monday, January 06, 2025

राप्रपा नेपालले आज बिरोध प्रदर्शन गर्ने

राप्रपा नेपालले आज बिरोध प्रदर्शन गर्ने

काठमाडौं। राप्रपा नेपालका जनबर्गीय संगठनहरुले संयुक्त रुपमा भ्रष्टाचार, कुशासनसँगै नागरिकता विधेयक र संघीयताको खारेजी र हिन्दराष्ट्रको माग राखी आज काठमाडौंमा बिरोध प्रदर्शन गर्ने भएको छ।

दिउँसो २स्०० बजे बबलमहलमा जम्मा भई जुलुस प्रदर्शन गर्दै नयाँ बानेश्वर पुगेर कोणसभामा परिणत हुने कार्यक्रम तय भएको पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए। उनका अनुसार आजको सभालाई पार्टी अध्यक्ष कमल थापाले सम्बोधन गर्ने समेत उनले बताए।

नेपाली भूमि सट्टापट्टा नितिको राप्रपा नेपालले चर्को आलोचना गरेको छ।