शुक्रबार ०४ असोज, २०८१ | Friday, September 20, 2024

पार्टी जनतासँग टाढिएको छः शेखर कोइराला

पार्टी जनतासँग टाढिएको छः शेखर कोइराला

चितवन । नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले पार्टी जनतासँग टाढिएका स्वीकार गरेका छन् । जनतासँग जोडिने कार्यक्रम ल्याउनु अहिलेको पहिलो आवश्यकता रहेको उल्लेख गर्दै नेता शेखरले टाढिँदै जानु दुःखद भएको बताए ।

‘जनताको विचको स्थितिलाई सहि ढंगले जोड्न सकेनौँ भने हामीले हाम्रो औचित्य गुमाउदै जाने छौँ,’ शेखरले भने । डेमोक्रेटिक लयर्श एसोसिएशनको एघारौं महाधिवेशनको उदघाटन सत्रमा बोल्ने क्रममा राजनीतिकर्मीलाई आम नागरिकको कठघरामा उभिएर आफ्नो औचित्य प्रमाणित गर्न हम्मे हम्मे परेको कोइरालाले बताए ।

सभापतिसहित शेरबहादुर देउवा समेत सहभागी कार्यक्रममा कोइरालाले भने, ‘किन र के कारणले यस्तो अवस्था आयो ? म चाहन्छु एकपटक हामी सबै राजनीतिकर्मीले आत्मसमिक्षा र चिन्तन गर्नुपर्ने भएको छ ।’ पार्टी नेताहरु सुध्रिन तयार रहेको र पार्टी सुधार्ने प्रतिवद्धता कोइरालले गरे ।