शुक्रबार ०४ असोज, २०८१ | Friday, September 20, 2024

माधव नेपालको प्रस्तावः नेकपा ब्यूताऔं

माधव नेपालको प्रस्तावः नेकपा ब्यूताऔं

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले तत्कालिन एमाले र माओवादी केन्द्रबीच एकीकरण भएर बनेको नेपाल कम्युनिस्ट पार्टी ब्यूँताउने प्रस्ताव गरेका छन् ।

शनिबार एकीकृत समाजवादी भक्तपुरको पहिलो जिल्ला अधिवेशनमा उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई नेकपा ब्यूँताउने प्रस्ताव गरेका हुन् ।

‘हाम्रो पार्टी अर्को कुनै पार्टीमा गएर विलय हुनेवाला छैन । कसैकसैलाई लागेको छ, एमाले, एमालेमा त आफैं रुवाबासी चलिरहेको छ । हामी हुन्छ भने पुरानो पार्टी फेरि ब्युँताउँछौँ, प्रचण्डजीलाई भन्छु म आउनुहोस्, हामी तयार हुन्छौं, केपीजी तयार हुन्छन् ? नेपाल कम्युनिष्ट पार्टी नेकपा फेरि ब्युँताऔँ ।’

एकीकरण गर्ने हो भने आफ्नो र आफ्नो मान्छेको पदका बारेमा सोच्न नहुने नेपालले बताए । उनले नेकपा एमालेले ७० वर्षको उमेर हद हटाएकामा पनि कटाक्ष गरे ।