बिहीबार ०३ असोज, २०८१ | Thursday, September 19, 2024

एयरपोर्ट बाहिर गोली चल्यो, १ जना घाइते

एयरपोर्ट बाहिर गोली चल्यो, १ जना घाइते

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकै शम्भु मार्गमा गोली चलेको छ । लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिएको टोलीले लागुऔषध कारोबारी विकास भगतमाथि गोली प्रहार गरेको हो । लागुऔषध कारोबारी एक युवालाई नियन्त्रणमा लिन खोज्दा घुँडामुनी गोली लागेको ब्यूरो उच्च स्रोतले बतायो । भारतीय नागरिक विकास भगतको बायाँ खुट्टाको घुँडामुनि गोली लागेको छ ।

केएमसी अस्पतालमा उपचारका लागि लगिएको उनको नाम भने खुलिनसकेको ब्युरोका प्रवक्ता एसपी चक्रराज जोशीले बताए । पछ्याउँदै गरेको ब्युरोको टोलीले पक्राउ गर्न खोज्दा ती युवाले बल प्रयोग गरेपछि गोली हानिएको उनको भनाइ छ ।