शुक्रबार ०४ असोज, २०८१ | Friday, September 20, 2024

कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति खड्कालाई

कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति खड्कालाई

काठमाडौं । नेपाली कांग्रेसले पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिइएको छ । सभापति शेरबहादुर देउवा उपचारका लागि सिंगापुर गएपछि उपसभापति खड्काले कार्यवाहकको जिम्मेवारी पाएका हुन् ।

कांग्रेसका विधान २०१७ संशोधनसहितको धारा २५ को उपधारा १३ अनुसार देउवा स्वदेश फिर्ता नभएसम्मका लागि खड्कालाई कार्यवाहक तोकिएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए ।

सभापति देउवा मंगलवार सिंगापुर प्रस्थान गरेका हुन् । उनी करिब एक सातापछि नेपाल फर्किने उनको सचिवालयले जनाएको छ ।