शुक्रबार ०४ असोज, २०८१ | Friday, September 20, 2024

हरिकृष्ण कार्कीविरुद्ध संसदीय समितिले सुरु गर्‍यो उजुरीकर्तासँग छलफल

हरिकृष्ण कार्कीविरुद्ध संसदीय समितिले सुरु गर्‍यो उजुरीकर्तासँग छलफल

काठमाडौं । प्रतिनिधि सभाको संसदीय सुनुवाई समितिको बैठकमा प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध उजुरी गर्नेहरूसँग छलफल सुरु भएको छ । केही उजुरीकर्ताले सामूहिक छलफल गर्ने अडान लिएपछि प्रभावित भएको बैठकमा सुनुवाई सुरु भएको हो ।

समितिसँग अहिले उजुरीकर्ता गणेशलाल अवालेसँग छलफल गरिरहेका छन् । २० वटा उजुरीका २३ जना उजुरीकर्ता सम्पर्कमा आएकालाई गम्भीरताका आधारमा १० मिनेटको समय उपलब्ध गराइएको छ ।

केही उजुरीकर्ताले एकैपटक बोलाइनुपर्ने नत्र कोही पनि नजाने अड्डी कसेपछि अहिले समिति सचिव, सहसचिवलगायतका कर्मचारीसँग छुट्टै कोठामा छलफल गरेका थिए ।