शुक्रबार ०४ असोज, २०८१ | Friday, September 20, 2024

भोलि घर जाने वाला वैकुण्ठ अर्याल मुख्य सचिव नियुक्त

भोलि घर जाने वाला वैकुण्ठ अर्याल मुख्य सचिव नियुक्त

काठमाडौं । शुक्रवारबाट अनिवार्य अवकाशमा जान लागेका वैकुण्ठ अर्याललाई सरकारले मुख्य सचिव नियुक्त गरेको छ ।

असोजमा अवकाश हुने मुख्य सचिव शंकर वैरागीलाई राजीनामा गर्न लगाएर अर्याललाई नियुक्त गरेको हो ।

मन्त्रिपरिषद्को बैठकले वैरागीलाई राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकारमा मन्त्रीस्तरीय सुविधा दिनेगरी नियुक्त गरेको छ ।