मंगलबार ०१ असोज, २०८१ | Tuesday, September 17, 2024

वानएक्स बेट प्रकरणः पक्राउ परेका कलाकार र युटुबरलाई ४ दिन हिरासतमा राख्न अनुमति

वानएक्स बेट प्रकरणः पक्राउ परेका कलाकार र युटुबरलाई ४ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । वानएक्स बेट प्रकरणमा पक्राउ परेका कलाकारहरुमाथि अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले चार दिनको समय दिएको छ । बिहीबार अदालतले प्रहरीले उनीहरुमाथि अनुसन्धानका लागि चार दिन म्याद थप्ने अनुमति दिएको हो ।

वानएक्स बेटमा प्रकरणमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले कलाकार र युट्युबरलाई पक्राउ गरेर सार्वजनिक गरेको थियो ।

कार्यालयका प्रवक्ता एवम सूचना अधिकारी प्रहरी उपरीक्षक एसपी रबिन्द्र रेग्मीका अनुसार कलाकार मरिचमान श्रेष्ठ (बल्छी ध्रुब्रे राजु पौडेल राजुमास्टर, पवन खतिवडा (म्याकुरी), बेगम नेपाली (भटभटे माइला) युट्युबर अलिश राई, युट्युबर जलन घर्तीमगर (जलन), गणेश देवकोटा (जिडी) र सरोज घिमिरे (ढेडो बुढो) र रहेका छन् । युट्युबमार्फत वानएक्स बेट प्रचारप्रसार गरेको आरोपमा उनीहरू पक्राउ परेका हुन् ।