आइतबार २३ भदौ, २०८१ | Sunday, September 08, 2024

बागमतीको बजेट ६२ अर्ब ७० करोड

बागमतीको बजेट ६२ अर्ब ७० करोड

काठमाडौं । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०र८१ का लागि ६२ अर्ब ७० करोड ९० लाख ७८ हजार रुपैयाँको बजेट ल्याएको छ ।

बागमती प्रदेश सरकारका आर्थिक मामिला मन्त्री बहादुरसिंह लामाले चालु तर्फ २६ अर्ब ७० करोड २७ लाख ६९ हजार रुपैयाँ र पूँजीगततर्फ ३५ अर्ब ५० करोड ६३ लाख ९ हजार रुपैयाँको बजेट ल्याएको छ ।

बागमती प्रदेशले वित्तीय व्यवस्थातर्फ ५० करोड विनियोजन गरेको छ । कुल विनियोजनमध्ये चालु तर्फ ४२।५८ प्रतिशत, पूँजीगत तर्फ ५६।६२ प्रतिशत र वित्तीय व्यवस्था तर्फ ०।८ प्रतिशत रहेको अर्थमन्त्रीले लामाले बताए ।