शुक्रबार ०४ असोज, २०८१ | Friday, September 20, 2024

राष्ट्रपतिको मुटुमा समस्या दोहोरियो, राति नै अस्पताल भर्ना

राष्ट्रपतिको मुटुमा समस्या दोहोरियो, राति नै अस्पताल भर्ना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल मुटुमा फेरी समस्या देखिएको छ । पौडेललाई अस्पताल भर्ना भएका छन् । मध्यरातमा त्रि बि शिक्षण अस्पताल महाराजगन्जमा  पुयाइएका राष्ट्रपति पौडेललाई बिहान नै  मनमोहन कार्डियो भास्कुलर लगिएको स्रोतले बताएको छ ।

पौडेलको मुटुमा समस्या देखिएपछि २ बजे राति त्रिबि शिक्षण अस्पताल  पुर्‍याइएको थियो ।

स्रोतका अनुसार  टिचिङबाट आज बिहान ५ बजे मनमोहन कार्डियो थेरासिस भास्कुलर एन्ड ट्रान्स प्लान्ट सेन्टरमा लगिएको छ । अहिले उनको सिसियूको क्याबिनमा राखेर उपचार भइरहेको स्रोतले बताएको छ ।

केही दिन अघि पनि मुटुमा समस्या आएपछि  अस्पताल भर्ना भएका थिए ।  उनी अघिल्लो महिना मात्रै भारतको नयाँदिल्लीमा  उपचार गरी फर्केका थिए ।