शुक्रबार ०४ असोज, २०८१ | Friday, September 20, 2024

भोलि समाजवादी मोर्चा घोषणा गर्ने बालुवाटार बैठकमा सहमति

भोलि समाजवादी मोर्चा घोषणा गर्ने बालुवाटार बैठकमा सहमति

काठमाडौं । समाजवादी मोर्चा भोलि घोषणा गर्ने नेताहरूबीच सहमति भएको छ । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, विप्लव नेतृत्वको नेकपाका शीर्ष नेताहरूबीच आइतबार बालुवाटारमा भएको छलफलले भोलि मोर्चाको घोषणा गर्ने सहमति भएको जसपा नेता राजेन्द्र श्रेष्ठले बताए ।

राष्ट्रियसभा गृहमा कार्यक्रम गरेर भोलि मोर्चा घोषणा गर्ने सहमतिका साथ नेताहरू उठेका छन् । उनले भने, ‘मोर्चामा सुरूदेखि नै चार दलबीच गर्ने सहमति भएको हो । बाबुराम भट्टराई नेतृत्वको नेसपाबारे चाहिँ मलाई थाहा छैन ।’

यो मोर्चाको नेतृत्व सबै दलका नेताहरूले आलोपालो गर्ने सहमति भइसकेको छ । यो मोर्चा घोषणा भएपछि प्रधानमन्त्री प्रचण्डले तत्काल ५४ सीटको नेतृत्व गर्नेछन् । प्रतिनिधिसभामा माओवादीको ३२, जसपाको १२ र नेकपा एसको १० सीट रहेको छ ।