आइतबार २५ कात्तिक, २०८१ | Sunday, November 10, 2024

बजेट किताबमा प्रदेशको नाम सच्याउन २ मन्त्रालयलाई सभामुखको निर्देशन

बजेट किताबमा प्रदेशको नाम सच्याउन २ मन्त्रालयलाई सभामुखको निर्देशन

काठमाडौं । सभामुख देवराज घिमिरेले बजेट किताबमा भएको त्रृटि सच्याउन निर्देशन दिएका छन् । पर्यटन र सहरी विकास मन्त्रालयले प्रदेशको ठाउँमा अंक राखेर ल्याएपछि एमाले सांसदहरूले विरोध जनाएपछि सभामुखले यस्तो निर्देशन दिएका हुन् ।

बजेट किताबमा पर्यटन मन्त्रालयले प्रदेशको नाम यसअघि नै सच्याउने भनेपनि अहिले पनि नसच्याएको र सहरी विकास मन्त्रालयले लुम्बिनी प्रदेशको ठाउँमा प्रदेश ५ लेखेपछि संसदमा हंगामा भएको थियो । एमाले सांसदहरूको विरोधपछि १५ मिनेटका लागि स्थगित भएको बैठक पुनः सुचारु गरेर सभामुखले निर्देशन दिएका हुन् ।