आइतबार २३ भदौ, २०८१ | Sunday, September 08, 2024

भ्लगर राजकुमार तामाङ बेटिङ प्रचारको आरोपमा पक्राउ

भ्लगर राजकुमार तामाङ बेटिङ प्रचारको आरोपमा पक्राउ

काठमाडौं। अनलाइन बेटिङ प्लेटफर्मको विज्ञापन तथा प्रचारप्रसार गरेको आरोपमा भ्लगर राजकुमार थापा भन्‍ने राजकुमार तामाङलाई प्रहरीले पक्राउ गरेको छ।

उनलाई शुक्रबार पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एव् प्रहरी उपरीक्षक (एसपी) रविन्द्र रेग्मीले  जानकारी  दिए । एसपी रेग्मीका अनुसार  पक्राउ परेका उनलाई थप अनुसन्धानको लागि प्रहरी परिसर टेकुमा पठाइएको छ ।

यसअघि जेठ ३२ गते अनलाइन बेटिङ प्लेटफर्मको विज्ञापन तथा प्रचारप्रसार गरेको आरोपमा कलाकार राजु पौडेल (राजु मास्टर) र मरिचमान श्रेष्ठ ‘बल्छी धुर्वे’सहित पवन खतिवडा, एलिश राई, ज्वलन घर्तीमगर, गणेश देवकोटा, सरोज घिमिरे र वेगम नेपालीलाई पक्राउ गरेको थियो । सोही दिन प्रहरीले वानएक्स बेटमार्फत एक अर्ब बढीको सट्टेबाजी गराउने पाँच एजेन्टलाई सार्वजनिक गरेको थियो।

पछिल्लो समय सामाजिक सञ्जालमा बेटिङ तथा क्यासिनो गेमिङ एपहरूको प्रचार तीव्र रूपमा हुन थालेपछि प्रहरीले त्यस्तो कार्यमा संलग्न व्यक्तिमाथि कारबाहीको तयारी थालेको हो।