शुक्रबार ०४ असोज, २०८१ | Friday, September 20, 2024

बीआरआईमा चीनको चासो छ, मोडालिटी चाँडै टुंग्याउँछौंः उपप्रधानमन्त्री श्रेष्ठ

बीआरआईमा चीनको चासो छ, मोडालिटी चाँडै टुंग्याउँछौंः उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले चीनले (बीआरआई) बारे चासो राखेको बताएका छन् । पाँच दिने चीन भ्रमणपछि स्वदेश फर्किका श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै बीआरआईको बारेमा ठोस प्रोजेक्ट र मोडालिटीको बारेमा छलफल गरेर टुंगो लगाउन भनेको बताए ।

उनले भने, ‘हामीले बीआरआई प्रोजेक्टको बारेमा ठोस प्रोजेक्ट र मोडालिटीको बारेमा छलफल गरेर टुंगो लगाउँनेछौं । बीआरआईबाट पनि हामी लाभाम्वित हुने आशा लिएका छौं भनेका छौं । उहाँहरूले पनि बीआरआई प्रोजेक्टबाट लाभ लिनको लागि के कस्तो तयारी गर्नुभएको छ ? भन्दै जिज्ञासा राख्नुभएको थियो। त्यही सन्दर्भमा हामीले आफ्नो नीतिबारे प्रष्ट गर्‍यौं ।’