शुक्रबार ०४ असोज, २०८१ | Friday, September 20, 2024

सरकार ‘स्वच्छ नेपाल, स्वस्थ नेपाली’ अभियानमाः उपप्रधानमन्त्री श्रेष्ठ

सरकार ‘स्वच्छ नेपाल, स्वस्थ नेपाली’ अभियानमाः उपप्रधानमन्त्री श्रेष्ठ

 

काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपाली समाजमा सरसफाइकर्मीलाई हेर्ने दृष्टिकोण गलत रहेको बताइएका छन् । गृह मन्त्रालयले आयोजना गरेको आधारभूत सरसफाइ तथा स्वच्छतासम्बन्धी दशदिने तालिमको समापन कार्यक्रमलाई सम्बोधन गर्दै सरसफाइ गर्ने व्यक्ति कहिल्यै सानो नहुने बताए ।

उनले भने, ‘सरसफाइ गर्ने मानिस साना हुन्छन् या सानाले मात्रै सरसफाइको काम गर्नुपर्छ भन्ने हुँदैन, यो गलत सोच हो । यसलाई परिवर्तन गर्नुपर्छ ।’ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को ‘स्वच्छ नेपाल, स्वस्थ नेपाली’ अभियानलाई सरकारको नीति तथा कार्यक्रममा समेटी सरसफाइसम्बन्धी नीति निर्माण गरेको बताए ।

प्रधानमन्त्रीले अघि सारेको ‘स्वच्छ नेपाल, स्वस्थ नेपाली’ अभियानअन्तर्गत सरकारका विभिन्न निकायले यससम्बन्धी निर्देशिका निर्माण गरिरहेका समेत उनको भनाइ छ ।