आइतबार २३ भदौ, २०८१ | Sunday, September 08, 2024

अखिल क्रान्तिकारीमा विवाद चुलियो, स्ववियु काउन्सिलको भेला पवन समूहले बहिष्कार गर्ने

अखिल क्रान्तिकारीमा विवाद चुलियो, स्ववियु काउन्सिलको भेला पवन समूहले बहिष्कार गर्ने

काठमाडौं । अनेरास्ववियु (क्रान्तिकारी)ले बोलाएको क्रान्तिकारी स्ववियु काउन्सिलको तेस्रो राष्ट्रिय भेला संगठनको एक समूहले वहिष्कार गर्ने भएको छ ।

क्रान्तिकारीको असन्तुष्ट पक्षका पवन कार्कीले विज्ञप्ति निकालेर बहिष्कार गर्न आह्वान गरेका छन् । संगठनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रमुख अतिथि बनाएर तेस्रो राष्ट्र्यि भेला गर्न लागिएको छ ।

भेला बुधबार र बिहीबार (असार २० र २१) लागि बोलाइएको छ । संगठनको आधिकारिक अध्यक्ष पञ्चा सिंहले बोलाएको भेलाविरुद्ध कार्की पक्ष उभिएको छ ।

‘ नेता कार्यकर्ताहरुले आफ्नै बलबुतामा जिताएको स्ववियु लाई आफ्नो स्वार्थ पूर्तिका लागी क्रान्तिकारी स्ववियु काउन्सिलको भेला भनी आम नेता कार्यकर्ताहरुमा भ्रमको खेती गरिरहेको देखिन्छ,’ कार्कीले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

निर्वाचित प्रतिनिधिहरूलाई विवादित बनाउन गर्न लागिएको भेला बहिष्कार गर्न उनले आह्वान गरेका छन् । कार्की पक्षले भेलालाई स्वार्थ समूहको कार्य भनेको छ ।